INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट गरी आमाको हत्या, आरोपित गिरफ्तार

आमालाई कुटपिट गरी हत्या गरेको आरोपमा वीरेन्द्रनगर नपा–२ खोलीगाउँका ३० वर्षीय रमेशबहादुर थापालाई माघ २४ गते प्रहरीले गिरफ्तार गरेको छ ।

५७ वर्षीया आमा शान्ति थापालाई घर नजिकै खेतमा कुटपिट गरी हत्या गरेपछि फरार रहेका उनलाई प्रहरीले बाँकेको कोहलपुरबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका इन्स्पेक्टर कनकबहादुर शाहीले जानकारी दिनु भयो ।

गिरफ्तारमा परेका रमेशलाई सुर्खेत जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको प्रहरीको भनाई छ ।

शवको पोष्टमार्टम प्रदेश अस्पतालमा माघ २५ गते गरिएको डा. डम्बर खड्काले जानकारी दिनु भयो ।

रमेशले आमालाई कुटपिट गरेको विशेष सूचना पाउने वित्तिकै इन्सपेक्टर कनकबहादुर शाहीको नेतृत्वमा प्रहरीको टोली खटिएको थियो ।

अन्य

भिडियो