INSEC Online

📅 २०८३ जेष्ठ २१

बालबालिकाहरू स्वच्छ खानेपानी उपभोगबाट वञ्चित

रोल्पाको लुङ्ग्री गाउँपालिका–७ उडिनढुङ्गामा रहेको श्री बालज्योती प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकाहरू स्वच्छ खानेपानी उपभोगबाट वञ्चित भएका छन् ।

स्वच्छ खानेपानीको अभाव हुँदा विद्यार्थीहरूले सास्ती भोग्नु परेको छ । विद्यालयमा पानीको सुविधा भएपनि बालुवा तथा धुलोसहितको फोहोर पानीमात्र आउने गरेको विद्यालयका प्रधानाध्यापक खिमबहादुर पुन मगरले बताउनु भयो ।

उक्त विद्यालयमा कक्षा १ देखि ३ सम्म ३२ जना बालबालिकाहरूले अध्यन गर्दै अएका छन् । विद्यालयमा स्वच्छ खानेपानीको अभाव हुँदा सानासाना बालबालिका तथा शिक्षकहरूले धुलोसहितको फोहोर पानी पिउँनु परेको प्रधानाध्यापक मगरले बताउनुभयो ।

धुलोसहितको पानी पिउँनुपर्दा विभिन्न रोगको सङक्रमण जोखिम रहेको विद्यालयका शिक्षक देवबहादुर पुन मगरले बताउनु भयो ।

बालुवासहितको पानीले नै विद्यार्थीको खाजा पकाउनु परेको विद्यालयका कार्यालय सहयोगी हेमकुमारी घर्तीले बताउनु भयो ।

उक्त समस्या समाधानका लागि लुङ्ग्री गाउँपालिका–७ बाट ३ लाख रुपियाँ  बजेट विनियोजन गरिएको र उक्त रकमले  खानेपानी मर्मत गर्ने वडा अध्यक्ष हर्कनारायण गिरीले बताउनु भयो ।

अन्य

भिडियो