पूर्व–पश्चिम राजमार्ग बन्द गराउँदै हिँडेका जनमत पार्टी महोत्तरीका ६ जना नेता, कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।
गिरफ्तार हुनेहरूमा महोत्तरीका जिल्ला उपाध्यक्ष मकसुधन महतो, बलवा नगरपालिका–६ का सो पार्टीको वडा कमिटीका अध्यक्ष नारायण साह, गौशाला नगरपालिका–१ का अध्यक्ष वीरेन्द्र महतो, बर्दिबास नगरपालिका–६ का विनोदकुमार महतो, पिपराका अजीतकुमार ठाकुर र पिपराका धीरेन्द्र साह रहेको इलाका प्रहरी कार्यालय बर्दिवासका डिएसपी वीरेन्द्र थापाले जानकारी दिए ।
सरकारले किसानको माग नसुनेको भन्दै पूर्व–पश्चिम राजमार्ग बन्द गराउन आन्दोलन गर्दैगर्दा प्रहरीले उनीहरुलाई माघ २० गते बर्दिवासको रातुखोला र बजार क्षेत्रबाट गिरफ्तार गरेको हो ।
किसानको समस्या समाधानका लागि प्रदेश सरकारलाई दबाब दिन भन्दै सडक बन्द गराउन जनमतका कार्यकर्ता निस्किएपछि राजमार्ग क्षेत्रमा सुरक्षाकर्मी बढाइएको महोत्तरी प्रहरीले जनाएको छ ।
विद्यार्थीमा अनौठो समस्या देखिएपछि तीन दिन विद्यालय बन्द
विद्यार्थीहरू अचानक बरबराउने, काम्ने र बेहोस भएर लड्ने गर्न थालेपछि