१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामप्रसाद राई गाउँपालिका–३ ओख्रेका २७ वर्षीय पदम दर्जीलाई माघ १८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले माघ १४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ १६ गते जिल्ला प्रहरी कार्यालय भोजपुरमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार राईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ १६ गते गरिएको छ ।