INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले कचनकवल गाउँपालिका–१ का २३ वर्षीय शिवचरण हस्दालाई आठ वर्ष कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश गिरीराज गौतमको माघ ११ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट ५० हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका सूचना अधिकारी अर्जुनप्रसाद गुरागाँइले बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले ०७७ फागुन २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध चैत १ गते इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपितलाई सोही दिन घरबाट गिरफ्तार गरी जिल्ला अदालतमा चैत २४ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश दिलकुमार वर्देवाको ०७७ चैत २५ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७७ चैत १ गते गरिएको थियो ।

अन्य

भिडियो