१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुटवल उमनपा–११ देवीनगरका ५१ वर्षीय कुलबहादुर श्रेष्ठलाई माघ ८ गते घरबाटै गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले पुस २८ गते यौन दुर्व्यवहार गरेको भनी पीडित बालिकाले अभिभावकको सहयोगमा माघ ८ गते इलाका प्रहरी कार्यालय बुटवलमा जबरजस्ती करणी उद्योगसम्बन्धी कसुरमा उजुरी दिएकी छन् ।
पीडितले दिएको उजुरीका आधारमा कारवाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले फोनमार्फत इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण पुस २९ गते नै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।
बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ६४ वर्षीय बाबुलाई