INSEC Online

📅 २०८३ जेष्ठ २१

बाल विवाह घटनाका आरोपितलाई १५ दिन कैद सजायको फैसला

१४ वर्षीया बालिकासँग विवाह गर्न खोजेको कसुरमा जिल्ला अदालत तनहुँले विवाह गर्न खोज्ने गोरखा सहिद लखन गाउँपालिका२ का २३ वर्षीय सन्तोष अर्याल, उनका बुवा भानुभक्त अर्याल, विवाह गराउने पण्डित व्यास नगरपालिका११ का विष्णुप्रसाद भट्टराई, बालिकाका बाबु र आमालाई १५ दिन कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश हरिश्चन्द्र ढुङ्गाानाको ०७८ माघ ३ गतेको इजलासले कसुर ठहर गर्दै आरोपितहरुलाई १५ दिन कैद र जनही ५ हजार रुपियाँ  जरिबानाको फैसला सुनाएको जिल्ला अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले जानकारी दिनुभयो ।

पीडितसँग ०७७ असार २४ गते विवाह गर्न खोजेको आरोपमा आरोपितहरुलाई प्रहरीले विवाह मण्डपबाटै गिरफ्तार गरी सोही दिन सबैविरूद्ध देवानी फौजदारी संहिताको विवाहसम्बन्धी कसुर शीर्षक अन्तरगत मुद्दा जिल्ला अदालतमा दर्ता गरेको थियो ।

गिरफ्तार गरिएका मध्ये आरोपित सन्तोषलाई ५० हजार रुपियाँ, बालिकाका बाबु र भानुभक्तलाई जनही २० हजार तथा पण्डित भट्टराई र बालिकाको आमालाई जनही ५ हजार रुपियाँ धरौटीमा रिहा गर्न अदालतले साउन १ गते आदेश दिएको थियो ।

अन्य

भिडियो