INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय गढवाले राजपुर गाउँपालिका–१ का ४० वर्षीय मानबहादुर बुढालाई पुस ३० गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले पुस २६ गते मादक पदार्थ सेवन गरी यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले पुस २७ गते इलाका प्रहरी कार्यालय गढवामा उजुरी दिएपछि प्रहरीले गिरफ्तार गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजालले जानकारी दिनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण पुस २७ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको छ ।

अन्य

भिडियो