सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५२ वर्षीय ठूलोबावु नाता पर्ने पुरुषलाई प्रहरीले पुस १५ गते गिरफ्तार गरेको छ ।
भतिजी नाता पर्ने बालिकालाई मङ्सिर १९ गते बेलुका फकाएर बलात्कार गरेको भन्दै पीडितकी आमाले आरोपितविरुद्ध पुस ११ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिबोल के.सी.ले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण पुस ११ गते प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा भएको इन्स्पेक्टर के.सी.ले बताउनु भयो ।
आरोपितलाई जिल्ला अदालतको आदेशमा पाँच दिनका लागि अनुसन्धान गर्न ईलाका प्रहरी कार्यालय मेलम्चीको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।