१४ वर्षीया बालिकालाई पुस १० गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई सोही दिन गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले मौखिक रूपमा चौलिखा प्रहरी चौकीमा सोही दिन उजुरी दिएको थियो ।
पीडित बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा चौलीखा प्रहरी चौकीले अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरेको सई महेन्द्रप्रसाद यादवले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस १० गते जिल्ला अस्पताल बर्दिवासमा गरिएको छ ।