INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया एक युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सन्धिखर्क नपा-२ का २० वर्षीय बिक्रम नेपालीलाई चैत ६ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले चैत २ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले चैत ३ गते प्रहरीमा उजुरी दिएको थियो ।

पीडितको उजुरीको आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रमेश भट्टले जानकारी दिए ।

पीडित युवतीको स्वास्थ परीक्षण चैत ४ गते जिल्ला अस्पतालमा अर्घाखाँचीमा भएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो