२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका‒१२ का ७० वर्षीय गणेश भनिने जयबहादुर खत्रीलाई पुस ६ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले पुस ५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र(महिला सेल) इञ्जार्च उमा गुरुङले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस ६ गते गरिएको छ ।