INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सिद्धार्थनगर नगरपालिका– ७ का ४८ वर्षीय किरणकुमार घिमिरेलाई पुस ३ गते  आवारोडबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले प्रलोभन देखाएर मङ्सिर १७ गते बलात्कार प्रयास गरेको भन्दै पीडितले आरोपित विरूद्ध मङ्सिर १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवरत्न पौडेलले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर १८ गते भीम अस्पताल भैरहवामा गरिएको थियो ।

यसैगरी, पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नगरपालिका– १५ मधौलियाका १९ वर्षीय अनिरुद्ध थारूलाई पुस ३ गते घरबाट  गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले पुस ३ गते प्रलोभन देखाएर  यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएको  इलाका प्रहरी कार्यालय, बुटवलका  डिएसपी ठगबहादुर केसीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण पुस ३ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएका थियो ।

अन्य

भिडियो