पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा गर्दै सूर्योदय नपा-१० का १८ वर्षीय योगेन्द्र प्रधानलाई जिल्ला अदालतले सात वर्ष ६ वर्षकैदको सजाय सुनाएको छ ।
न्यायाधीश नवराज दाहालको इजलासले चैत ६ गते प्रधानमाथिको मुद्दामा सुनुवाइ गर्दै उक्त फैसला सुनाएको हो ।
अदालतले मुलुकी ऐनको जबरजस्तीकरणी महलको ५ नम्बर बमोजिम कसुर गरेको ठहर गर्दै सोही ३(१) ले तोकेको सजायको आधा सजाय साँढे सात वर्षकैद फैसला सुनाएको अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिए ।
पीडित बालिकालाई प्रधानले ०७३ जेठ ४ गते यौन दुर्व्यवहार गरेको आरोपमा अदालतमा मुद्दा परेको थियो ।