INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

५ वर्षीया बालिकालाई ०७८ मङ्सिर २३ गते यौन दुर्व्यवहार गरेको आरोपमा कालिमाटी गाउँपालिका–६ तारूपरे निवासी ७४ वर्षीय मन बहादुर राम्जालीलाई इलाका प्रहरी कार्यालय कालीमाटीले मङ्सिर २६ गते गिरफ्तार गरेको छ ।

विद्यालयबाट फर्किदै गरेकी बालिकालाई गोठमा बोलाएर संवेदनशील अङ्गहरूमा हात राख्दै सुम्सुम्याएको भन्दै पीडित पक्षले मङ्सिर २७ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा लिखित उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर श्यामप्रकाश यादवले जानकारी दिनुभयो ।

बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर २७ गते सल्यान अस्पतालमा गरियो ।

बाल यौन दुरूपयोग अन्तर्गत मुद्दा दर्ता भइ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो