INSEC Online

📅 २०८३ जेष्ठ २१

बालिका हत्या घटनाका आरोपित गिरफ्तार

मङ्गलसेन नगरपालिका–११ खिमाडाकी १६ वर्षीया बालिका सृजना भण्डारीको हत्या गरेको आरोपमा प्रहरीले सोही नगरपालिका–१० जुपुका १८ वर्षीय जीवन रावल र १३ वर्षीय बालकलाई मङ्सिर २७ गते गिरफ्तार गरेको छ ।

जगत रावललाई भेटन गएकी बहिनीको हत्या गरिएको अवस्थामा शव फेला परेपछि जीवन रावल र उनीसँगै रहेका बालकविरुद्ध मङ्सिर २६ गते जिल्ला प्रहरी कार्यालयमा किटानी उजुरी दिएको मृतकका दाजु जगत भण्डारीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितद्वयलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी तुलसीराम अर्यालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

जीवन रावललाई भेटन गएदेखि नै सम्पर्कविहीन भएकी बालिकाको शव मङ्गलसेन रामारोशन सडक खण्डको खरमेलामा मङ्सिर २५ गते फेला परेको डिएसपी अर्यालले बताउनु भयो ।

शवको पोष्टमार्टम मङ्सिर २६ गते जिल्ला अस्पतालमा गरिएपछि मङ्सिर २७ गते आफन्तले शव बुझेर दाहसंस्कार गरेका छन् ।

मृतक बालिका स्थानीय कालिका माध्यमिक विद्यालयमा कक्षा नौमा अध्ययनरत थिइन् ।

अन्य

भिडियो