१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले शान्तिनगर गाउँपालिका–५ का ३२ वर्षीय लालबहादुर बिकलाई तीन महिना कैदको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश रितेन्द्र थापाको इजलासले मङ्सिर २३ गते दोषी ठहर गर्दै तीन महिना कैद, पीडितलाई १० हजार रुपियाँ क्षतिपूर्ति भराउने र १ हजार रुपियाँ जरिबाना गर्ने फैसला गरेको श्रेस्तेदार हिरण्यप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
पीडितलाई आरोपितले ०७७ असार २९ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय, तुलसीपुरमा असार ३० गते उजुरी दिएका थिए ।
पीडितको स्वास्थ्य परीक्षण ०७७ असार ३० गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको थियो ।
