१५ वर्षीया बालिकालाई विवाह गरेको कसुरमा घोराही उप–महानगरपालिका–१० का १९ वर्षीय विशाल परियारलाई जिल्ला अदालतले एक वर्ष कैदको फैसला गरेको छ ।
पीडितलाई आरोपितले ०७७ पुस २६ गते विवाह गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा पुस २७ गते उजुरी दिएका थिए ।
जिल्ला न्यायाधीश डिल्लीराम अर्यालको इजलासले बाल विवाह ठहर गर्दै मङ्सिर २० गते आरोपितलाई एक वर्ष कैद र १० हजार रुपियाँ जरिबाना गर्ने फैसला गरेको श्रेस्तेदार हिरण्यप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण ०७७ पुस २६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको थियो ।
