१८ वर्षीया युवतीलाई २०६२ भदौ १८ गते बलात्कार गरी फरार रहेको कसुरमा प्रहरीले लम्कीचुहा नगरपालिका–३ का ४८ वर्षीय राजकुमार चौधरीलाई १६ वर्षपछि मङ्सिर २० गते गिरफ्तार गरेको छ ।
फरार रहेका कसुरदार घरमा लुकेर बसेको भन्ने गोप्य सूचना प्राप्त भएपछि कसुरदार चौधरीलाई घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, कैलालीका इन्स्पेक्टर प्रेमसिंह खडकाले बताउनु भयो ।
युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले २०६२ भदौ १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
प्रहरीले सरकारी वकिल कार्यालयमार्फत आरोपित विरुद्ध जिल्ला अदालतमा जबरजस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरेकोमा जिल्ला अदालतले कसुर ठहर गरी २०६३ असोज २७ गते आठ वर्ष कैद र ५० हजार रुपियाँ क्षतिपुर्ति दिनु पर्ने फैसला सुनाएको थियो ।
कसुरदार चौधरीलाई २०७८ मङ्सिर २१ गते जिल्ला अदालतमा उपस्थित गराउने तयारी समेत भइरहेको इन्स्पेक्टर खडकाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण २०६२ भदौ १९ गते सेती प्रादेशिक अस्पतालमा गरिएको थियो ।