INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीय महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले २२ र २३ वर्षीय नातेदारलाई कात्तिक २९ गते साँझ गिरफ्तार गरेको छ ।

पीडितलाई कात्तिक २६ गते आरोपितहरूले मेलम्ची नपा–१३ कटेज बगरमा सामूहिक बलात्कार गरेको पीडितपक्षको आरोप छ ।

पीडितकी आमाले कात्तिक २९ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिबोल केसीले बताउनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक २९ गते प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा गरिएको छ ।

अन्य

भिडियो