३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले गोदावरी नगरपालिका–२, मानडाँडाका ३२ वर्षीय मुकेश बराललाई कात्तिक २८ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले गत साउन १५ गते र कात्तिक २५ बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक २६ गते महानगरीय प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरेको महानगरीय प्रहरी परिसर जावलाखेलका एसपी प्रज्ज्वल महर्जनले जानकारी दिनुभयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक २८ गते नै पाटन अस्पताल ललितपुरमा गरिएको अस्पतालले जनाएको छ ।