१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले प्रतापपुर गाउँपालिका– ४ दरखासेका २५ वर्षीय रामकलेश हरिजन र सोही ठाउँका २१ वर्षीय मनोज हरिजनलाई कात्तिक २८ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितद्वयले कात्तिक २७ गते अपहरण र शरिर बन्धक बनाएर बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक २८ गते इलाका प्रहरी कार्यालय, बेलाटारीमा उजुरी दिएको इन्स्पेक्टर प्रकाशबहादुर सिंहले बताउनु भयो ।
पीडितको अवस्था अज्ञात रहेको र घटनामा सङ्लग्न अन्य दुई जना कमला हरिजन र सोनु चमार फरार रहेको सिंहले बताउनु भयो ।
इन्स्पेक्टर सिंहका अनुसार पीडित र फरार ओपितहरूको खोजी कार्य भइरहेको छ ।