१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले हिलिहाङ गाँउपालिका–५ का ४५ वर्षीय नन्दकुमार पदालुङलाई कात्तिक २४ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले कात्तिक ४ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध कात्तिक ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरी लगत्तै फरार भएका आरोपितलाई कात्तिक २४ गते अनुसन्धानका लागि हिलिहाङ गाउँपालिका–५ बाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर डम्बर विश्वकर्माले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक ७ गते गरिएको छ ।