INSEC Online

📅 २०८३ जेष्ठ २१

जनगणनाका लागि इन्सेकद्वारा अपिल जारी

लक्षित समूह र समुदायका नाममा अग्राधिकारसहितका कार्यक्रम तय गर्न पनि जनगणनाको महत्व रहने भन्दै इन्सेकले कात्तिक २६ गते सही विवरण टिप्न र टिपाउन सरोकारवालासमक्ष अपिल जारी गरेको छ ।

इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठद्वारा जारी अपिलमा गणनामा यथार्थ विवरण छुटे राज्यले लिने नीति तथा कार्यक्रमबाट लक्षित समूह वञ्चित हुन सक्ने भएकाले तथ्यतथ्याङ्कमा त्रुटि हुन नहुनेतर्फ सचेत गराइएको छ ।

सरकारले ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ महाअभियानका रूपमा गर्न लागेको जनगणना सफल पार्न हामी सबै नेपालीको महत्वपुर्ण जिम्मेवारी रहने अपिलमा जनाइएको छ ।

कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म घरघरमा आउने गणकहरूलाई आफ्नो परिवारमा रहेका व्यक्तिहरूको र सोधिएका प्रश्नको विस्तृत विवरण दिनका लागि अपिल गरिएको छ ।

‘जनगणना सफल पार्न सचेत नागरिक, सामाजिक सङ्घसंस्था सबैले आफ्नो तर्फबाट भूमिका खेल्न आग्रह गर्दै इन्सेकले आफ्ना सम्पूर्ण माध्याममार्फत जनचेतना अभिवृद्धिको कार्य गर्ने जानकारी गराउछौँ ।’-अपिलमा भनिएको छ ।

अन्य

भिडियो