पेसीमा चढाइएको मुद्दाको सुनुवाइ हुनुपर्ने र न्यायपालिकामा भइरहेको आन्दोलन बन्द हुनुपर्ने माग गर्दै सर्वोच्च अदालत अगाडि प्रदर्शन गरेको आरोपमा प्रहरीले ४५ वर्षीया मेनुका दङ्गाल, ३७ वर्षीया तारा बराल र ४० वर्षीया उषा किराँतलाई गिरफ्तार गरी नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा राखेको छ ।
उनीहरुले नाराबाजी गर्दै नेपाल बार परिसरमा प्रवेश गर्न खोजेकाले नियन्त्रणमा लिइएको नगर प्रहरी कार्यालय भृकुटीमण्डपका डिएसपी कौशल बुढाथोकीले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।
प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबराले राजिनामा दिनुपर्ने माग गर्दै केहि साता यता सर्वोच्च अदालतमा अधिवक्ताहरूले बहस बहिष्कार गर्दै आइरहेका छन् भने सर्वोच्चकै अधिकांश न्यायाधीशहरूले प्रधानन्यायाधीशले तोकेको बेञ्च बहिष्कार गर्दै आइरहेका छन् ।