१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चामुण्डाबिन्द्रासैनी नगरपालिका–६ लैनचौरका ४० वर्षीय केशव सुजीलाई कात्तिक २३ गते गिरफ्तार गरेको छ ।
छिमेकी गाउँका स्थानीयको घरमा बलात्कार गरेको भन्ने सूचनाका आधारमा घटनास्थलबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर इन्द्रजीत सुनारले जानकारी दिनुभयो ।
पीडित पक्षले कात्तिक २३ गते नै जिल्ला प्रहरी कार्यालय दैलेखमा दिएको उजुरीका आधारमा अनुसन्धान भइरहेको इन्स्पेक्टर सुनारले बताउनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण दैलेख अस्पतालमा भएको डा. जीवन ज्ञवालीले जानकारी दिनुभयो ।