१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बाह्रबिसे नपा–२ कर्थलीका २० वर्षीय विमल तामाङलाई कात्तिक १५ गते बाह्रबिसे बजारबाट गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले कात्तिक २ गते बलात्कार गरेको आरोपमा पीडितपक्षले कात्तिक ४ गते इलाका प्रहरी कार्यालय बाह्रबिसेमा उजुरी दिएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका इन्स्पेक्टर देवेन्द्रबहादुर शाहले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक ४ गते प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा गरिएको प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेका डा. जीवनराज श्रेष्ठले बताउनु भयो ।