१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा खाँडाचक्र नपा–७ का २७ वर्षीय निराजन मल्ललाई प्रहरीले कात्तिक १२ गते गिरफ्तार गरेको छ ।
आरोपितले विवाह गर्छु भनेर असोज २२ गते राति बाटोमा तथा घरमा ल्याएर यौन दुर्व्यवहार गरेको भन्दै पीडितले कात्तिक ११ गते जिल्ला प्रहरी कार्यालय कालिकोटमा निवेदन दिएपछि आरोपितलाई घरबाटै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्र शाहले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक १२ गते जिल्ला स्वास्थ्य कार्यालयमा गरिएको कार्यालयका निमित्त प्रमुख डाक्टर रत्नवीर सुनारले बताउनुभयो ।