INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले कालिकोटको तिलागुफा नगरपालिका–११ घर भई हाल काठमाडौँ महानगरपालिका–१५ धुम्बाखेल डल्लुमा डेरा गरी बस्ने ३१ वर्षीय नारायण शाहीलाई कात्तिक १२ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले कात्तिक १२ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले आरोपितविरुद्ध सोही दिन उजुरी दिएको कालीमाटीस्थित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रकी इन्स्पेक्टर अनु लामाले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

पीडित युवतीलाई आरोपितले बलात्कार गरेको उजुरी प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले अनुसन्धानका लागि गिरफ्तार गरेको इन्स्पेक्टर लामाले बताउनुभयो ।

पीडित युवतीको स्वास्थ्य परीक्षण थापाथलीस्थित प्रसूति गृहमा कात्तिक १३ गते गरिएको छ ।

अन्य

भिडियो