महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धि (सिड) को छैठौँ आवधिक प्रतिवेदनको सिफारिस कार्यान्वयन अवस्था विषयमा कर्णाली प्रदेशस्तरीय गोष्ठी सम्पन्न भएको छ ।
अनौपचाकि क्षेत्र सेवा केन्द्र (इन्सेक) सचिवालय रहेको मानव अधिकार सन्धि अनुगमन समन्वय केन्द्र (एचआरटिएमसीसी) को सिड कमिटिको सचिवालय वियोण्ड बेइजिङ कमिटी र सिमान्तकृत महिलाहरूका लागि महिला संस्था (वाम) को संयुक्त आयोजनामा कात्तिक १२ गते सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको उक्त कार्यक्रममा कर्णालीका विभिन्न जिल्लाबाट प्रतिनिधिको सहभागिता रहेको थियो ।
कार्यक्रममा सिडको छैठौँ प्रतिवेदनमा संयुक्त राष्ट्रसङ्घीय सिड कमिटीले नेपाललाई दिएको सिफारिस र कार्यान्वयको अवस्था बारेमा छलफल गरिएको थियो ।
एचआरटिएमसीसी सचिवालयको तर्फबाट सम्झा श्रेष्ठले कार्यक्रमको सहजीकरण गर्दै सिफारिहरूको अवस्था प्रस्तुत गर्नुभएको थियो ।
सिफारिस गरिएका विभिन्न विषयमा सहभागिहरूले कायान्वयनको अवस्था, चुनौती, आगामी कार्यदिशा लगायतका विषयमा समूहगत छलफल गरी प्रस्तुत गरेका थिए ।

