जाजरकोटकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले आठविसकोट नगरपालिका –१४ का २६ वर्षीय झलक जैसी विरूद्ध जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिममा कात्तिक ११ गते उजुरी दिएका छन् ।
भलिबल खेल हेर्न आठविसकोट नगरपालिकामा आएकी बालिकालाई आरोपितले कात्तिक १० गते बलात्कार गरेको भन्दै पीडितका बुवाले उजुरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका इन्स्पेक्टर डेकेन्द्र शर्माले जानकारी दिनुभयो ।
पीडित बालिकालाई कात्तिक १० गते राती आफन्तले बेहोस अवस्थामा फेला पारेर उपचारका लागि आठविसकोट नगर अस्पताल ल्याएका थिए ।
अत्यधिक रक्तस्राव भएका कारण बालिकाको उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको नगर अस्पतालका प्रमुख प्रेम रोकाले बताउनुभयो ।
आरोपित जैसी फरार रहेको र उनको खोजीभइरहेको प्रहरीले जनाएको छ ।