७० वर्षीया वृद्ध महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत उत्तर प्रदेश अजमगढ जिल्ला अम्बेटकानगर थाना टाण्डा अजिमिटिवासपुरका २५ वर्षीय बहादुरलाल यादव भनिने बहादुरलाल पासवानलाई फागुन २५ गते नेपालगञ्जबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले फागुन २४ गते साँझ बलात्कार गरी फरार भएका थिए । पीडितपक्षले सोही दिन जिल्ला प्रहरी कार्यालय बर्दियामा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय बाँकेको समन्वयमा आरोपितलाई नेपालगञ्जबाट प्रहरीले गिरफ्तार गरी अनुसन्धान भइरहेको जनाएको छ । पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल गुलरियामा भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी भरतबहादुर बोहराले बताए ।