INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बेचबिखन गरेको आरोपमा अछामको पञ्चदेवल बिनायक नगरपालिका–९ भानाकोट घरभई हाल दैलेखको आठबीस नगरपालिका–६ खिड्की जिउलामा होटल व्यवसाय गर्दै आएकी ३० वर्षीया शोभा रोकामगरलाई प्रहरीले कात्तिक ११ गते गिरफ्तार गरेको छ ।

होटलमा सरसफाई र खाना पकाउने कामका लगाइदिने भनेर नौ जनासँग यौन सम्बन्ध राख्न लगाएको भन्दै पीडितले कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा आरोपित शोभालाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर इन्द्रजीत सुनारले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण कात्तिक ९ गते दैलेख जिल्ला अस्पतालमा गरिएको डाक्टर जीना सापकोटाले जानकारी दिनुभयो ।

धादिङ्गको गजुरीस्थित होटलमा काम गरिरहेकी ती महिलालाई आरोपित शोभाका पतिले होटलमा सरसफाई र खाना पकाउने कामको लगाइदिने भनेर कात्तिक २ गते खिड्की जिउला पु¥याएर कात्तिक ३ गते तीनजना र ४ गते ६ जनासँग यौन सम्बन्ध गर्न लगाएको पीडितले इन्सेकलाई बताउनुभयो ।

घटनाबारे थप अनुसन्धान भइरहेको इन्स्पेक्टर सुनारको भनाइ छ ।

अन्य

भिडियो