१५ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा सखुवानन्कारकट्टी गाउँपालिका–२ का २८ वर्षीय लोकेन्द्रप्रसाद यादवविरूद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा कात्तिक ८ गते उजुरी दिएको छ ।
पीडित बालिकालाई आरोपितले असोज २० गते घरबाट अपहरण गरी शरीर बन्धक बनाएर पटकपटक बलात्कार गरेको पीडित बालिकाका दाजुले आरोप लगाए ।
पीडित बालिकालाई कात्तिक २ गते गोलबजार नपाबाट उद्दार गरी कारवाहीका लागि उजुरी दिएको पीडित पक्षले जनाएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालमा कात्तिक ९ गते गरिएको छ ।
इलाका प्रहरी कार्यालय लहानका डिएसपी डाक्टर तपन दाहालका अनुसार आरोपित ‘फरार’ रहेकाले खोजी कार्य थालिएको छ ।