INSEC Online

📅 २०८३ जेष्ठ २३

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा नुवाकोट जिल्ला, बिदुर नगरपालिका–१ घर भई हाल काठमाडौँ महानगरपालिका–१६ माछापोखरीमा डेरा गरी बस्ने ३६ वर्षीय दिनेश विश्वकर्मालाई प्रहरीले कात्तिक ४ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले कात्तिक ३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध कात्तिक ४ गते महानगरीय प्रहरी वृत्त बालाजुमा उजुरी दिएको थियो ।

पीडित पक्षबाट उजुरी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले आरोपित विश्वकर्मालाई गिरफ्तार गरेको वृत्तका डिएसपी निर्मल बुढाथोकीले जानकारी दिनुभयो ।

घटनाको सम्बन्धमा प्रहरीले जिल्ला अदालत काठमाडौँबाट कात्तिक ४ गते पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको डिएसपी बुढाथोकीले बताउनुभयो ।

पीडित युवतीको स्वास्थ्य परीक्षण थापाथलीस्थित प्रसूति गृहमा कात्तिक ४ गते गरिएको छ ।

अन्य

भिडियो