३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका–१० खैरेनीका ३२ वर्षीय केदार रणपाललाई कात्तिक २ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले कात्तिक १ गते झारफुक गर्ने बहानामा बलात्कार गरेको भन्दै पीडितले कात्तिक २ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामेश्वर त्वातीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण कात्तिक २ गते पाल्पा अस्पतालमा गरिएको छ ।