INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चौतारा सागाचोकगढी नपा–१० का ४३ वर्षीय टिकाबहादुर ठकुरीलाई असोज २४ गते प्रहरीले घरबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले असोज २० गते बलात्कार गरेको पीडित पक्षको आरोप छ ।

पीडितका तर्फबाट पीडितकी आमाले असोज २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिबोल केसीले बाताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असोज २० गते चौतारा अस्पतालमा भएको अस्पतालका चिकित्सक करुणा बज्राचार्यले बताउनु भयो ।

अन्य

भिडियो