१ सय ७ औँ अर्न्तराष्ट्रिय नारी दिवसको अवसरमा अधिकारका क्षेत्रमा क्रियाशिल सङ्घ संस्थाहरूले जनकपुरमा आयोजना गरेको कार्यक्रम संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरूले विथोलेका छन् ।
मधेसी मोर्चाका कार्यकर्ताहरूको लाठी जुलुस जनकचोकमा आएपछि सङ्घ संस्थाहरूले आयोजना गरेको कोणसभाको कार्यक्रम बिथोलिएको थियो । मधेसी मोर्चाका नेता तथा कार्यकर्ताहरूले मधेसमा रगत बगिरहेको बेला सङ्घ संस्थाले दिवस मनाउन नहुने भन्दै कार्यक्रमको ब्यानरहरू हर्टाई बिथोलेका थिए । मानव अधिकारको क्षेत्रमा काम गर्ने सङ्घ संस्थाहरूले नारी दिवसको अवसरमा संयुक्त प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो ।
फागुन २४ गते जानकी मन्दिरबाट प्रभातफेरी सुरु भई जनकचोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
इन्सेक, महिला अधिकार सरोकार समूह, ओरेक नेपाल, लाइफ नेपाल, मित्र धनुषा, महिला तथा बालबालिका सञ्जाललगायतका सङ्घसंस्थाहरूको आयोजनामा दिवस मनाइएको थियो ।