INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा  प्रहरीले इटहरी उपमहानगरपालिका–१४ का २० वर्षीय सुनिल चौधरीलाई असोज १६ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले असोज १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असोज १६ गते इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्रकुमार कार्कीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असोज १६ गते गरिएको छ ।

अन्य

भिडियो