१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले क्वहोलासोथार गाउँपालिका–३ निवासी २४ वर्षीय अमल घलेलाई ०७८ असोज १२ गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले ०७८ वैशाख १ गते घरमा कोही नभएको बेला बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय लमजुङमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय लमजुङका डिएसपी कृष्णबहादुर कार्कीले बताउनुभयो ।
पीडितलाई आरोपितले दवाबमा राखेर डर धम्की दिएको कारण घटना बाहिर नआएको पीडित पक्षले दिएको उजुरीमा उल्लेख गरिएको उहाँले बताउनुभयो ।
पीडित पक्षको उजुरीपछि आरोपितलाई सोही दिन गिरफ्तार गरी घटनाको अनुसन्धान भइरहेको छ ।
पीडितको स्वास्थ्य परीक्षण ०७८ असोज १३ गते जिल्ला सामुदायिक अस्पतालमा भयो ।