शारीरिक अपाङ्गता भएकी ६२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले चैनपुर नगरपालिका–७ का ४० वर्षीय राम तामाङलाई असोज १३ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले असोज ३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असोज ४ गते इलाका प्रहरी कार्यालय चैनपुरमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई असोज १३ गते गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय चैनपुरका इन्स्पेक्टर योगराज खतिवडाले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा असोज १४ गते गरिएको छ ।