INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित विरूद्ध उजुरी

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडितपक्षले घोराही उप–महानगरपालिका–१५ का २५ वर्षीय वासद मोहम्मद विरूद्ध असोज ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

पीडितलाई आरोपितले  असोज १० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितपक्षको उजुरी आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभयो । डिएसपी रिजालका अनुसार घटना लगत्तै फरार रहेका आरोपितको खोजी भइरहेको छ ।

पीडितको स्वास्थ्य परीक्षण असोज १० गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको छ ।

अन्य

भिडियो