INSEC Online

📅 २०८३ जेष्ठ २१

कृषि शाखाका अधिकृत कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

विदेह नगरपालिका–८ गिद्धा पूर्वारी टोल बस्ने विदेह नगरपालिकाका कृषि शाखा प्रमुख अधिकृत ५८ वर्षीय चन्देश्वर ठाकुरलाई असोज ८ गते कुटपिट गरेको आरोपमा विदेह नगरपालिका–३ करमाही टोल बस्ने ४५ वर्षीय शत्रुधन राय र ४७ वर्षीय अङ्गद रायविरूद्ध असोज ११ गते पीडित पक्षले जिल्ला प्रहरी कायाएलयमा उजुरी दिएको छ ।

कार्यालयमै बसिरहेको बेलामा आरोपितद्वयले पिठ्यूँमा र गालामा कुटपिट गरेको पीडित चन्देश्वर ठाकुरले इन्सेक धनुषा प्रतिनिधिलाई बताउनुभयो ।

कुटपिटबाट गालामा निलडाम देखिएको भएपनि घाउ नभएकाले स्थानीय क्लिनिकबाट औषधि किनेर खाएको इन्सेक धनुषा प्रतिनिधिलाई बताउनुभयो ।

अधिकृत ठाकुरले एक महिनाअघि विदेह नगरपालिकाका प्रमुख बेचन दासका भाइ लखनदेव दासले नगरका सर्वसाधारणका लागि १० ओटा बाख्रा वितरण गरी नगरपालिकाबाट १ सय ओटा ब्राखा वितरण गरेको भन्दै भुक्तानी लिएको सूचना पत्रकारलाई दिएपछि विवाद भएको पीडितले बताउनु भयो ।

कृषि शाखाबाट आर्थिक वर्ष २०७७/०७८ मा ४३ लाख रुपियाँ बजेट खर्च गरिएकोमा नगर प्रमुखले १२ लाख रुपियाँ घुस मागेको तर अधिकृत ठाकुरले नदिएको आक्रोशमा आरोपितद्वयले अधिकृतलाई दुर्व्यवहार र कुटपिट गर्नु दुखद् घटना भएको भन्दै आरोपितहरूलाई कारवाही हुनुपर्ने विदेह नगरपालिका–४ का वडाध्यक्ष विनोद गोहितमानले माग गर्नुभयो ।

 

अन्य

भिडियो