सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १४ वर्षीय बालकलाई प्रहरीले ०७८ असोज ११ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई ०७८ भदौ २५ गते दिउँसो स्थानीय जङ्गलमा लगि बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित बालकविरुद्ध असोज १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिबोल के.सी.ले बताउनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण चौतारा अस्पतालमा ०७८ असोज १० गते गरिएको अस्पतालका प्रमुख डाक्टर करुणा बज्राचार्यले बताउनु भयो ।