INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सिद्धकुमाख गाउँपालिका–४ का २७ वर्षीय दिनेश चलाउनेलाई असोज ७ गते गिरफ्तार गरेको छ ।

पीडितलाई असोज ७ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले असोज ८ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अर्जुन पौडेलले बताउनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण स्वास्थ्य सेवा कार्यालय सल्यानमा असोज ८ गते गरिएको डाक्टर प्रदिप शर्माले जानकारी दिनुभयो ।

अन्य

भिडियो