नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले ३१ वर्षीय आफन्तलाई असोज ७ गते जन्म कैदको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश रितेन्द्र थापाको इजलासले आरोपितलाई २५ वर्षको जन्म कैद र पीडित पक्षलाई १ लाख ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको श्रेस्तेदार धनसिंह गिरीले बताउनु भयो ।
पीडितलाई आरोपितले ०७७ पुस १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई माघ ४ गते गिरफ्तार गरी हाडनाता करणी अभियोगमा मुद्दा चलाएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण माघ ४ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो ।
स्टेचरको भरमा प्रसूति सेवा
राष्ट्रिय सडक सञ्जालसँग सबैभन्दा पछि जोडिएको जिल्ला हुम्लामा आज पनि