INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया अशक्त बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फागुन २१ गते बेल्टारबसाहा नपा- १० का ८० वर्षीय दिलप्रसाद राईलाई गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले फागुन २१ गते बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी आएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय बेल्टारका सई पूर्णप्रसाद घिमिरेले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन २२ गते जिल्ला अस्पताल बोक्सेमा गरिएको छ ।

अन्य

भिडियो