११ र १३ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको ठहर गदै जिल्ला अदालत मकवानपुरले ०७८ भदौ ३१ गते बकैया गाउँपालिका–३ को २२ वर्षीय इसाक थिङलाई पाँच महिना कैदको सजायको फैसला सुनाएको छ ।
न्यायाधीश कमलराज विष्टको एकल इजलाले ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा तीन महिना कैद, ३० हजार जरीवाना र ३० हजार क्षतिपुर्ति भराउने आदेश दिएको हो ।
यसैगरी १३ वर्षीया बालिकालाई दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद, २० हजार जरीवाना र २० हजार क्षतिपुर्ति भराउने आदेश दिएको अदालतका श्रेस्तेदार तिर्थराज भट्टराईले बताउनुभयो ।
आरोपित थिङले ०७७ चैत ६ गते बकैया गाउँपालिका–३ जलजलेको एकान्तबाटोमा बालिकाहरूमाथि यौन दुर्व्यवहार गरेका थिए ।
आरोपितविरुद्ध पीडितका परिवारले चैत ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । आरोपितलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको थियो ।