INSEC Online

📅 २०८३ जेष्ठ २१

अपहरण घटनामा कसुर सुनाइएका व्यक्ति गिरफ्तार

डाक्नेश्वरी नगरपालिका–७ ब्रह्मपुरका १३ वर्षीय पुनित चौधरीलाई अपहरण गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४५ वर्षीय शिवकुमार मण्डललाई भदौ ३१ गते गिरफ्तार गरेको जनाएको छ ।

गिरफ्तारपछि मण्डललाई सप्तरी जिल्ला अदालतले भदौ ३१ गते नै कैद भुक्तानको लागि राजविराज कारागार पठाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेले बताउनु भयो ।

सप्तरी जिल्ला अदालतबाट २०७१ वैशाख ३ गते मण्डललाई अपहरण तथा शरीर बन्धक मुद्दामा नौ वर्ष कैद र १ लाख ५३ हजार १ सय ३३ रुपियाँ जरिबाना ठहर गर्दै फैसला भएको थियो ।

औषधि पसलबाट आफ्नो घरतर्फ गइरहेका बेला ०६७ माघ १३ गते चौधरीलाई अपहरण गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

अन्य

भिडियो