INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट घटनाका आरोपित जनप्रतिनिधिविरूद्ध प्रहरीमा उजुरी

कानेपोखरी गाउँपालिका–३ का ५६ वर्षीय प्रकाश भण्डारीलाई भदौ २९ गते कुटपिट गरेको आरोपमा पीडित पक्षले सोही वडाका वडा सदस्य ५६ वर्षीय उदयबहादुर कार्कीविरूद्ध भदौ ३० गते इलाका प्रहरी कार्यालय पथरीमा उजुरी दिएको छ ।

पीडितलाई आरोपितले भदौ २९ गते विना कारण घरमा खाना खान बसेको अवस्थामा कुटपिट गरेको पीडितकी छोरी २८ वर्षीया सविता भण्डारीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

कुटपिटबाट बाबुको शरीर सुन्निएको र हाल विराट नर्सिङ होममा उपचार गराइरहेको पीडितकी छोरीले बताउनु भयो ।

घटनाका आरोपित जनप्रतिनिधिले पीडित भनिएका प्रकाश भण्डारीको घरमा होहल्ला भईराखेको अवस्थामा किन होहल्ला गरेको भनेर सम्झाउँदा उल्टै आफूमाथि आई लागेकाले प्रतिकार मात्र गरेको बताउनु भयो ।

पीडित पक्षले कुटपिटको आरोप मात्र लगाएको वडा सदस्य कार्कीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

कुटपिट गरेको आरोपमा पीडित पक्षले भदौ ३० गते इलाका प्रहरी कार्यालय पथरीमा उजुरी दिएको, तर घटनाको वास्तविकता नबुझी आरोपितलाई गिरफ्तार नगरेको इलाका प्रहरी कार्यालय पथरीका इन्स्पेक्टर कृष्ण खड्काले बताउनु भएको छ ।

अन्य

भिडियो